दफा ५७०
निरन्तर जमानत

(१) कुनै श्रृंखलाबद्ध कारोबार विस्तार हुने गरी जमानत दिइएको भएमा निरन्तर जमानत कायम रहेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम जमानतको व्यवस्था भएकोमा त्यस्तो कारोबार जतिसुकै पटक भएको भए तापनि जमानत करार बहाल रहेको अवधिभर जमानत दिएको रकमको हदसम्म भुक्तानी हुन नसकेको रकम वापत जमानत दिने व्यक्ति जिम्मेवार हुनेछ ।
(३) जमानत दिने व्यक्तिले साहूलाई कम्तीमा तीन महिनाको पूर्व सूचना दिई भविष्यमा हुने कारोबारका सम्बन्धमा निरन्तर जमानत बदर गर्न सक्नेछ ।
(४) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जमानत दिने व्यक्तिको मृत्यु भएमा त्यसपछिका कारोबारका लागि निरन्तर जमानत स्वतः अन्त्य भएको मानिनेछ ।